बिराटनगरमा बुहारी समुह सामाजिक काममा सक्रिय , विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई सहयोग

<span class='c1'>बिराटनगरमा बुहारी समुह सामाजिक काममा सक्रिय</span> <span class='c2'>, विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई सहयोग</span>

विराटनगर जेठ १९,

सधै घरधन्दामा व्यस्त रहने बुहारीहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् । बिराटनगर लगायत देशका बिभिन्न ठाउँमा सामाजिक संजाल मार्फत संगठित भएर बिभिन्न सामाजिक काम गर्दै आएका छन् ।

यस्तै , बुहारी समुहले विराटनगरस्थित विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई १० हजार मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरेका छ्न । स्थापनाको दोस्रो वर्षको अवसरमा आश्रममा खाद्यान्न सामग्री सहयोग गरे सङ्गै केक काटेर आफ्नो दोस्रो बार्षिक उत्सव मनाएको हो ।

विराटनगर अशोक चौकमा रहेको विराटेश्वर आश्रममा ३५ वृद्धहरु छ्न । बुहारी समूह सामाजिक सञ्जाल फेसबुकबाट बनेको विबाहित महिलाहरुको ग्रुप हो । रमाइलोको लागि भनेर बनाइएको यो ग्रुपले हाल आएर समाजसेवा तथा सामाजिक मुद्दाका आवाज उठाउँदै आएको छ । २५ मे २०१७ बाट सक्रिय १० हजार सदस्य रहेको उक्त ग्रुपमा देश विदेशमा रहेका नेपाली विबाहित महिलाहरु जोडिएका छन ।

समुहले उक्त कार्यक्रमबाट बचेको ८ हजार रुपैया पनि ब्रेन टीबीबाट ग्रषित अनिशा सापकोटालाई हस्तान्तरण गर्ने समुहकी सदस्य ज्योति खनाल गजुरेलले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्