बजेटमा मिडिया समेट्न नेपाल पत्रकार महासंघ प्रदेश १ को मुख्यमन्त्री समक्ष ध्यानाकर्षण

<span class='c1'>बजेटमा मिडिया समेट्न नेपाल पत्रकार महासंघ</span> <span class='c2'>प्रदेश १ को मुख्यमन्त्री समक्ष ध्यानाकर्षण</span>

विराटनगर, १९ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश १ ले पत्रकार र समग्र मिडिया क्षेत्रको विकाससंग सम्बन्धित विषय बजेटमा समेट्न प्रदेश सरकारको ध्यानकर्षण गरेको छ ।

संघीय संरचनामा गएर प्रदेश सरकारले दोस्रो वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको छ । महासंघका अध्यक्ष विक्रम लुइँटेलले आइतबार एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाइ मिडियाका विषयलाई बजेटमा समेट्न ध्यानाकर्षण गरे । प्रदेश पत्रकार महासंघको भवन निर्माण, कार्यालय व्यवस्थापन र अन्य गतिविधि सञ्चालनमा पनि सरकारले गरेको सहयोग सह्रानीय रहेको महासचिव गौतमले बताए ।

महासंघले प्रदेश आमसञ्चार सम्बन्धि विधेयकको मस्यौदालाई अगाडि बढाउन,सबै सरकारी विज्ञापनमा समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन,संघीयता र समृद्धिको लागि योगदान गर्ने प्रादेशिक र स्थानीय सञ्चार माध्यमको विकास गर्न,प्रदेशमा कार्यरत सञ्चारकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गराउन सकारात्मक वातावरण सिर्जना गर्न, महासंघ प्रदेश समितिको भवन निर्माण गर्न आगामी आर्थिक वर्षमा थप रकम विनियोजन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

सञ्चार माध्यमको वर्गीकरण र मूल्यांकन तथा अनुगमन आगामी आर्थिक वर्षबाट प्रदेशमै गर्नेगरी संरचना निर्माण गर्न, पत्रकारहरुको पेशागत दक्षता र विषयगत क्षमता अभिबृद्धिको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन काम तत्काल सुरु गर्न माग गरिएको छ । पत्रकारले उठाएका विषयलाई गम्भीर रुपमा लिने मुख्यमन्त्री शेरधन राईले बताउँदै बजेटमा योजना समेट्ने आश्वासन दिए ।

अग्रज पत्रकार यज्ञ शर्मा, महासंघका मोरंग अध्यक्ष बन्धु पोखरेल, पत्रकार कमल पौडेल, गणेश लम्साल, महाप्रसाद खतिवडालगायतले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्