कामना सेवा विकास बैंकको ८५ औं शाखा विराटनगरको धरानलाइनमा

<span class='c1'>कामना सेवा विकास बैंकको </span> <span class='c2'>८५ औं शाखा विराटनगरको धरानलाइनमा</span>

विराटनगर, १९ जेठ । कामना सेवा विकास बैंकको शाखा कार्यालय आज एकै दिन इटहरी र विराटनगरमा स्थापना भएको छ । विराटनगरको धरानलाइनमा बैंकको ८५ औं र इटहरीको विराटनगरलाइनमा ८६ औं शाखा आज शुरु भएका हुन् ।

बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरूबाट कारोबार शुरु भएको इटहरी शाखाका प्रबन्धक गोविन्द सिवाकोटीले बताए ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखासँगै प्रदेश १ मा बैंकका शाखा कार्यालय ७ वटा पुगेको बताए । पूर्वी नेपालमा भएको शाखा बिस्तारले प्रदेशको व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले ८६ वटा शाखा र ३९ वटा एटीएममार्फत् आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्