एजेन्सी, २० जेठ। भारतको जम्मू–कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच सोमबार बिहानसंग भिडन्त भएको छ । जम्मू–कश्मीरको शोपियांमा भएको मुठभेडमा कम्तीमा एक आतंकवादीको शव फेला परेको सुरक्षाकर्मीले जनाएको छ ।
मोलु चित्रगाममा सुरु भएको भिडन्तबारे अझै विस्तृत जानकारी आइसकेको छैन । आइतबार पुलवामामा नेशनल कांग्रैसका नेता मोहिद्दीन मीरको मुर्रनमा रहेको घरमा आतंकवादीले ग्रेनेड प्रहार गरेका थिए । त्यसपछि फायरिङ पनि गरेका थिए ।
यसअघि आतंकवादीले पुलवामाको पिंगलानामा काँग्रेस नेता उमर जानको घरमा पनि ग्रेनेड हमला गरेका थिए ।
अलगाववादी तथा आतंकवादी संगठनका नेता जाकिर मुसाको मृत्यु भएपछि आतंकवादीहरु अताल्लिएको विश्लेषण सुरक्षाकर्मीहरुले गरेका छन् ।