साझा विवेकशील पार्टीको मोरङ संयोजकमा अमलेशकुमार कर्ण

<span class='c1'>साझा विवेकशील पार्टीको मोरङ</span> <span class='c2'>संयोजकमा अमलेशकुमार कर्ण</span>

बिराटनगर जेठ २० , साझा विवेकशील पार्टीको मोरङ संयोजकमा युवा अमलेशकुमार कर्ण तोकिएका छन्। उपभोक्ता हित संरक्षण तथा अधिकारका लागि संघर्षरत् कर्णलाई शनिबार विराटनगरमा भएको पार्टीको भेलाले संयोजक तोकेको हो।

पार्टीका अनुसार उनको संयोजकत्वमा २४ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। भेलाले सचिवमा सरोज नेपाल र कोषाध्यक्ष विजय देवकोटालाई तोकेको छ।

भेलाले मोरङबाट ज्ञानेन्द्र रिजाल, सुभाष भारती, सीमा कर्ण, केशव रिजाल र विजय सापकोटालाई १ नम्बर प्रदेश कमिटीको लागि सिफारिस गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्