प्रदेश नं. १ मुख्यमन्त्री कार्यालय छेउमा अपाङताको धर्ना, सामान ओसार्न दे कि त रोजगारी दे

<span class='c1'>प्रदेश नं. १ मुख्यमन्त्री कार्यालय  छेउमा अपाङताको धर्ना,</span> <span class='c2'>सामान ओसार्न दे  कि त रोजगारी दे</span>

विराटनगर २० जेठ । अपाङता भएका ब्यक्तिहरुले रोडशेष छेउ मुख्यमन्त्री कार्यलय छेउ विराटनगर–रानी सडकखण्डमा धर्ना दिएका छन ।
ह्वील चेयरमा सिमाबर्ती बजार जोगबनीबाट खाद्यान्न ल्याई विराटनगरमा विक्री गरेर जीवीको पार्जन गर्दै आएका ह्वील चेयर प्रयोगकर्ताहरुले धर्ना दिएका हुन ।
जोगबनीबाट सामान ल्याउन अवरोध गरिएको भन्दै उनिहरुले धर्ना दिएका हुन । उनिहरुले सोमाबार बिहान साढे ११ बजेदेखि प्रदेश १ का मुख्यमन्त्री कार्यालय दक्षिणतर्फ रहेको सोमबारे हाट जाने मोडमा धर्ना दिएका थिए ।
उनीहरुले ह्वील चेयर प्रयोगकर्ताहरुले राजमार्गमा ह्वील चेयर तेर्साएर मध्य सडक मै धर्नामा बसेका थिए । एक दर्जन बढीको संख्यामा रहेको उनिहरुले सडकमै धर्ना दिएपछि जोगबनीतर्फबाट विराटनगर आउने र विराटनगरबाट रानीतर्फ जाने सवारी साधन केहिबेरका लागि अवरुद्ध भएको थियो । धर्नामा बसेका अपाङता भएका ब्यक्तिहरुले आफुहरुलाई कि त जोगबनीबाट सामान ओसार्न दिनुप¥यो कि त रोजगारीको ब्यवस्था गर्नुपर्ने माग गरेका थिए । राजमार्गमा धर्ना बसेका कारण सडक अवरुद्ध भएपछि पुगेको प्रहरीले सडक खाली गराएको थियो । सिमाबर्ती जोगबनी बजारबाट दैनिक डेढ दर्जन बढी ह्वील चेयर प्रयोगकर्ताहरुले स्न्याक्स आइटम सहित बिस्कुट र खाद्यान्न ओसार्दै आएका छन । विराटनगर बजारमा ती सामाग्रिको बिक्री गरेर भएको आम्दनीबाट उनिहरुले आफु सहित परिवारको भरणपोषण गर्दै आएका छन । यदि प्रहरीले हामीलाई सामान ओर्सान नदिए चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्