विराटनगरमा मैथिल महिलाले मनाए वटसावित्री पर्व, बरको रुख मुनी बसेर पतिको दिर्घायुको कामना

<span class='c1'>विराटनगरमा मैथिल महिलाले मनाए वटसावित्री पर्व, बरको</span> <span class='c2'>रुख मुनी बसेर पतिको दिर्घायुको कामना</span>

विराटनगर, २० जेठ ।
मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् ।
श्रीमान् (पति) को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष (रूख)मा सोमबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् ।

यता विराटनगरमा बसोबास गर्ने मैथिल समुदायका महिलाहरुले संसारीमाई स्थानमा रहेको बरको फेदमा बसेर पुजापाठ गरी यो पर्व मनाएका छन् ।
धार्मिक एवं पौराणिक मान्यताअनुसार महिलाले वरको पूजा गर्दा पतिको सुस्वास्थ्य र दीर्घायू हुने जनविश्वास रहिआएको पुजामा सहभागी फरिन्द्रा साहले बताईन् । वटसावित्री पूजालाई मैथिली भाषामा ‘बरसाइत’ भन्ने चलन छ ।
पौराणिक मान्यताअनुसार प्राचीनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको विश्वास गरिन्छ ।

प्रत्येक वर्ष जेष्ठ कृष्णपक्षको औंसीका दिन मनाइने यस पर्वमा देवी, पार्वती, सावित्री र नागका साथै वरको रूखको पूजा गर्ने गरिन्छ । सो क्रममा महिलाहरूले बिहानैदेखि उपवास बसेर स्नानपछि नयाँ वस्त्र धारण गरी आँप, केरा, हातेपंखा, मिठाई, चना, काँक्रोलगायतका सामग्री सहित नजिकैको वरको रूखमुनि पुगेर पूजा गरी सावित्री, नाग र पार्वतीलाई चढाउने गर्छन् ।
नवविवाहितले पहिलो वर्षमा विशेष पूजा गरेर मनाउने गर्छन् भने अन्य विवाहित महिलाले वोटवृक्षमै गएर पूजा गरी कथासमेत श्रवण गर्ने गर्छन् । यस पर्वमा बर्तालुले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्