विराटनगरको कोइराला निवासमा सुरक्षा युनिट राख्न कांग्रेसको माग

<span class='c1'>विराटनगरको कोइराला निवासमा सुरक्षा</span> <span class='c2'>युनिट राख्न कांग्रेसको माग</span>

विराटनगर, २० जेठ । विराटनगरको कोइराला निवासमा खटिएका सुरक्षाकर्मी हटाइएको विषयमा नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ ।

प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोइराला निवास व्यक्तिको मात्र नभएर प्रजातान्त्रिक आन्दोलनमा विश्वास राख्ने सबैको साझा भएको स्पष्ट पारेका छन् । उनले निवासमा पुनः सुरक्षाकर्मीको युनिट राखिनुपर्ने कांग्रेसको धारणा भएको पनि बताए । कार्कीले प्रजातन्त्रिक आन्दोलनको सुरुवात गर्ने निवासबाट हठात निर्णय गरेर सरकारले सुरक्षाकर्मी फिर्ता गर्नु उचित नभएको जनाएका छन् ।
कोइराला निवासमा २०५४ सालमा माओवादीले परिसरको पछाडिको भागबाट बम प्रहार गरेपछि त्यहाँ सुरक्षा सशस्त्र प्रहरीको युनिट स्थापना गरिएको थियो । तर, गृहमन्त्रालयले पत्राचार गरी पूर्वविशिष्टका निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएसंगै विहीबारदेखि नै सुरक्षाकर्मी हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्