प्रदेश नं १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै, चामल निर्यातको सम्भावना

<span class='c1'>प्रदेश नं १ चामल, गहुँ, मकै र</span> <span class='c2'>कोदोमा आत्मनिर्भर हुँदै, चामल निर्यातको सम्भावना</span>

विराटनगर, २१ जेठ । प्रदेश नं १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म आइपुग्दा प्रदेश १ बाट चामल निर्यातको सम्भावना समेत देखिएको छ । प्रदेश १ बाट अधिकतम मात्रामा धागो, स्टिल, अलैंची, जुस, चिया र जुटको ब्याग निर्यात हुने मुख्य वस्तुमा परेका छन् । निर्यात सम्भाव्यता, आयात प्रतिस्थापन तथा अन्तरप्रादेशिक व्यापार हुने वस्तु तथा सेवाहरूको प्रादेशिक प्रोफाइलसम्बन्धी प्रदेश नम्बर १ को कार्यक्रममा हालै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका गोविन्द आचार्यले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् । सातओटा प्रदेशमध्ये प्रदेश नं १ स्रोत र सम्भाव्यताका दृष्टिले अग्रणी रहेको उनले बताए । आर्थिक वर्ष २०७४/७५ मा प्रदेश नं १ मा ७ लाख ६५ हजार ३२४ मेट्रिक टन (मेटन) चामल उत्पादन भएकोमा ६ लाख ६० हजार ७१६ मेटन उपभोग भएको र १ लाख ४ हजार ६ सय ८ मेट्रिक टन बच्ने उनले जानकारी दिए ।

भारतमा कृषिक्षेत्रलाई अनुदानलगायत सुविधा र ठूलो परिमाणमा उत्पादन हुँदा प्रतिइकाइ लागत सस्तो पर्ने भएकाले तुलनात्मक रूपमा नेपाली वस्तुको लागत मूल्य बढी हुने गरेको आचार्यले बताए । यस्तै औद्योगिक जनशक्तिको कमी लगायत कारण नेपाली वस्तुको निर्यातमा चुनौती रहेको उनको भनाइ छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले व्यापार घाटा कम गर्न निर्यात बढाउनुपर्नेमा जोड दिए । अन्तरप्रादेशिक व्यापार अभिवृद्धि, आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण नै कार्यक्रमको उद्देश्य रहेको उनले बताए । यता, उद्योगी व्यापारीले भने उद्योग तथा व्यापारमैत्री नीति आवश्यक रहेको भन्दै उद्योगी अशोक मुरारकाले पहाडी क्षेत्रलाई अग्र्यानिक इस्टेट बनाउन माग गरे ।आर्थिक अभियान 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्