बजेट खर्च बारे अर्थ समितिमा सचिवको जवाफ- ‘चालु वर्षको बजेट खर्च २६ प्रतिशत मात्र’

<span class='c1'>बजेट खर्च बारे अर्थ समितिमा सचिवको  जवाफ-</span> <span class='c2'>‘चालु वर्षको बजेट खर्च २६ प्रतिशत मात्र’</span>

विराटनगर, २१ जेठ । प्रदेश १ को बजेट खर्चको बारेमा अर्थ समितिले चासो दिएको छ । खर्चको अबस्थाको बारेमा समितिले जानकारी मागेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म भएको प्रगतीको बारेमा समितिलाई जानकारी गराएको हो ।

अर्थ समितिका सभापति मोहनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवनप्रकाश सिटौलाले चालु वर्षको बजेट २६ प्रतिशतले खर्च भइसकेको जानकारी दिए । सोचेअनुसार खर्च नभए पनि ६० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान रहेको उनले बताए ।

आइतबारसम्मको विवरणअनुसार पूँजीगततर्फ २६ र चालु खर्च २७ प्रतिशत पुगेको सचिव सिटौलाले जानकारी दिए । उनले भने, ‘६० प्रतिशत हाराहारी खर्च हुनसक्छ ।’ उनले आगामी आर्थिक वर्षका संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ अर्ब रूपैयाँ आउने अनुमान गरिए पनि ७ अर्बमात्रै आउने जानकारी दिए । सोही कारणले गर्दा बजेट निर्माणमा चाप परेको उनले बताए ।
अहिलेसम्म ३ अर्ब ३५ करोड आन्तरिक राजस्व प्राप्त भएको उनले बताए । तर सवारी साधनको राजस्व बाँडफाँट वापतको रकम अझै प्राप्त नहुँदा स्थानीय तहमा पठाउनु पर्ने सशर्त अनुदानको रकम पठाउन समस्या भइरहेको उनले समितिलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्