आज जुन २१ तारिख शुक्रबार यो वर्षकै लामो दिन !

<span class='c1'>आज जुन २१ तारिख शुक्रबार</span> <span class='c2'>यो वर्षकै लामो दिन !</span>

आज जुन २१ तारिख शुक्रबार यो वर्षकै लामो दिन हुन्छ । आजको दिन झण्डै १४ घण्टाको हुनेछ । आजबाट औपचारिक रुपले मनसुन सुरु भएको मानिन्छ ।

आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। आजबाट दिन सानो र रातलामो हुँदै जान्छ । आज विहान ५ बजेर ९ मिनेटमा उदाएको सुर्य बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ। अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ।

डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्