पर्खाल भत्किदा १७ जनाको मृत्यु

<span class='c1'>पर्खाल भत्किदा </span> <span class='c2'>१७ जनाको मृत्यु</span>

नयाँदिल्ली १४ असार । भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोन्ढवा इलाकामा भारी बर्षातका क्रममा एउटा टोलको पर्खाल भत्किएर किच्दा कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । शनिबार सबेरै बिहान साढे १ बजे पर्खाल खसेर झुपडीमा बजारिएको थियो। यो घटनामा ११ पुरूष, २ जना महिला र चारजना बालबालिकाले ज्यान गुमाएका छन्।तीनजनाको उद्धार गरिएको छ । अझै पनि पर्खालको भग्नवाशेषमा केही मानिस पुरिएको अनुमानमा खोजतलास जारी छ। पानी अत्यधिक परेपछि टोलको ५० फिट लामो पर्खाल भास्सिँदै गएर झुपडीमा खसेको हो। प्रत्यक्षदर्शीका अनुसार मर्नेको संख्या अझै बढ्न सक्छ। पुणेका जिलाधिकारी नवल किशोर रामले ठेकेदारविरूद्ध मुद्दा दर्ता गर्न आदेश दिएका छन्। घटनामा ज्यान गुमाएकामा धेरै जसो झुपडीमा बस्ने गरेका बिहारका बासिन्दा रहेका छन्। प्रहरीले यससम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्