मोरङमा जिल्ला खेलकुद विकास समितको अध्यक्षको लागि त्रिपक्षीय लविङ शुरु, कसले बाजी मार्ला ?

<span class='c1'>मोरङमा जिल्ला खेलकुद विकास समितको अध्यक्षको लागि</span> <span class='c2'>त्रिपक्षीय लविङ शुरु, कसले बाजी मार्ला ?</span>

विराटनगर, २१ असार । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल सकिनै लाग्दा नयाँ नेतृत्वको लागि आकांक्षीहरु सल्बलाउन थालेका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि २८ असारमा सकिदैछ ।
सोहि पदका लागि अहिले नेकपाबाट समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको हो । अध्यक्षको दौडमा रोहित कोइराला, सुजय गौतम र लक्ष्मण पोखरेल लागिपरेका छन् ।

यी नामसँगै नेकपा मोरङका नेता सन्तोष वान्तवाको नाम पनि चर्चामा छ । वान्तवाको अघिल्लो पटक नै अध्यक्षका लागि नाम चर्चामा थियो । यद्यपी यसपटक भने लामो समयदेखि खेलकुदका विभिन्न क्षेत्रमा सक्रिय रहेका रोहित कोइरालाले अध्यक्ष बन्ने आकांक्षा राखेपछि वान्तवा उनलाई समर्थन गर्दै पछि हट्ने मनस्थितीमा छन् । वान्तवाले भने,‘मेरो चर्चा अघिल्लो पटक पनि थियो, खेलकुदका क्षेत्रमा निकै सक्रिय रोहित अध्यक्ष बन्ने हुँदा मेरो पूर्ण समर्थन छ ।’
प्रदेश १ मा सञ्चालन भइरहेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको आयोजक समिति सदस्य तथा मिडीया कोअर्डिनेटरको भूमिका निर्वाह गरिरहेका कोइराला विराटनगरको सिएमजी स्वस्थ क्लवका उपाध्यक्ष हुन् ।
जुन क्लव विराटनगरमा सम्पन्न साफ महिला च्याम्पीयनसीपमा सरसफाई अभियान संचालन गरेर चर्चामा आएको थियो । सो अभियानको नेतृत्व कोइरालाले नै गरेका थिए । उनी उपाध्यक्ष रहेको क्लवले पूर्वाञ्चल क्षेत्रकै चर्चित भेट्रान फुटबल प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थी जीवनदेखि नै खेलकुदमा कृयाशिल कोइराला खेलकुदका गतिविधिमा निकै सक्रिय मानिन्छन् । उनी आफैपनि फुटबल खेलाडि हुन् ।
तत्कालिन नेकपा एमालेका विराटनगर महानगर कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरेका छन् । विद्यार्थी राजनितीमा महेन्द्र मोरङ क्याम्पसका स्ववीयू सदस्य र सहसचिवमा निर्वाचित भएका उनी पार्टीभित्र ओली गुटका नजिक रहेकोले पनि उनी आफु अध्यक्ष बन्छु भन्नेमा ढुक्क देखिन्छन् ।
यस्तै अखिलको राजनितिबाट सक्रिय हुँदै आएका पोखरेल भने पूर्व एमालेभित्र माधव कुमार नेपाल निकट हुन् । अहिलेको जिल्ला खेलकुद विकास समितिको सदस्य समेत रहेका पोखरेलले पनि अध्यक्षका लागि पार्टी नेताहरुसँग लविङ गरिरहेका छन् । पोखरेल वर्तमान समितिमा सवैभन्दा सक्रिय सदस्यका रुपमा चिनिन्छन् ।
यस्तै मोरङको बेलबारीका सुजय गौतम पनि अध्यक्षका लागि आकांक्षी हुन् । अहिलेको कमिटीका कोषाध्यक्ष रहेका गौतम पनि अध्यक्ष बन्ने दौडमा छन् । उनले पनि अध्यक्ष पदका लागि पार्टीका नेताहरुसँग लविङ गरिरहेको स्रोतले बताएको छ ।
यद्यपी पार्टी स्रोतका अनुसार आकांक्षीमध्ये कोइरालाको पक्षमा पार्टीका नेताहरु छन् । नेकपाभित्रका पूर्व माओवादी र पूर्व एमाले दुवै तर्फका नेताहरु उनको पक्षमा रहेको पार्टी स्रोतले जनाएको छ । यस्तै खेलकुद क्षेत्रका अधिकांशले कोइरालालाई सहजै रुचाउने भएकाले पनि उनको सम्भावना बलियो देखिएको छ । लामो समयदेखि राजनिति सँगै खेलकुदमा सक्रिय उनी पार्टीमा निष्ठापूर्वक कृयाशिल युवाभित्र पर्ने नेतृत्वको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्