सप्तकोशीमा खोलिने ढोकाको हल्ला मात्र धेरै, १ फिटको पनि गन्ती,नदी आसपासका स्थानीय त्रसित

<span class='c1'>सप्तकोशीमा खोलिने ढोकाको हल्ला मात्र धेरै, </span> <span class='c2'>१ फिटको पनि गन्ती,नदी आसपासका स्थानीय त्रसित</span>

विराटनगर, २९ असार ।
शनिवार दिनभरी सप्तकोशी नदी किनार आसपासमा निक्कै चहल पहल थियो । अरु दिन भन्दा कोशी नदीको बहाब बढेको तथा नदी तटीय क्षेत्रको अबस्थाको बारेमा रिपोर्टिङ गर्न जाने तथा त्यहाँको बारेमा स्थलगत अनुगमनमा जाने सरकारी अधिकारीहरुको उपस्थिती थियो । प्रदेश सरकारका निमित मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सुनसरीको सप्तकोशी आसपासको ठाउँ निर्वाचन क्षेत्र भएका प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतको टोली सप्तकोशीको अबस्थाको बारेमा जानकारी लिनको लागि पुगेको थियो ।

मन्त्रीहरुको साथमा थिए प्रदेशका सुरक्षा अधिकारीहरु । प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी ठाकुरप्रसाद ज्ञवाली, नेपाली सेनाका मेजर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीको टोली सप्तकोशी नदी तटीय क्षेत्रमा पुगेर कोशीमा कसरी पानीको बहाव रोकिन्छ र कसरी छाडिन्छ भनेर सोधिखोजी गरे ।

अरुलाई भन्दापनि बढी चासो थियो प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिश कुसियैतलाई । कार्की प्रदेशको गृहमन्त्री भएको कारणले पनि उनी यस बिषयमा जानकारी राख्न चाहन्थे अनी यही क्षेत्रबाट जितेको आफ्नै जिल्ला भएकोले कुसियेतलाई पनि आम नागरिकको सुरक्षा र डुवान नहोस् भन्ने चाहना थियो । टोलीले भारतीयका केही अधिकारीहरुसँग भेट गरेर सप्तकोशीको ५६ वटा ढोका मध्ये ३६ वटा मात्र ढोका खोलिनुका कारण खोजे ।
मन्त्री कार्की कोशी ब्यारेजमा रहेको कन्ट्रोल रुपमा छिरे र त्यहाँ कसरी पानी पठाउने रहेछ भनेर हेरेका थिए । कन्ट्रोल रुपमा रहेको ५६ वटा ढोकाका कुन ढोका कति फिट खोलिएको भनी स्पष्ट देख्न सकिने गरी ब्यवस्था गरिएको छ । त्यो हेरेपछि मन्त्रीले सोधे, तपाईहरुले खोलेको ढोका कतिदेखि कति फिट कसरी हेर्नुहुन्छ ? लगतै जवाफ दिएका त्यहाँका प्राबिधिकले त्यहाँ लेखिएका कुरालाई देखाउँदै भने, ‘ १ फिट देखि १५ फिटसम्म खोलिएको छ ।’

सप्तकोशी नदीको आयु सकिँदै गएको छ । पुरानो पुल मध्येको एक सप्तकोशी नदीको बहाव बढी रहेको बेलामा माथि रातो झण्डा गाडिन्छ, अनी बाहिर भनिन्छ यहाँ खतरा छ । बाहिर आम नागरिकलाई पनि त्यही अनुसारको जानकारी दिईन्छ, पानीको बहाव बढी भएको कारण खतरा छ, ५६ मध्ये ३६, ४०, ४२, ४५ अथवा ५० ढोका नै खोलियो भनेर बाहिर जानकारी दिईएपनि त्यहाँ कति ढोका खोलिए अनी त्यो कति उचाईसम्म खोलिए भन्नेकुरा बाहिरका कसैले पनि थाहा पाउँदैनन् ।

शनिवार पनि त्यहाँ खोलिएको भनिएका सप्तकोशीका ढोकाहरु मध्ये दिउँसो ३ बजेसम्म ३६ वटा खोलेको भनियो, साँझ ७ बज्दा नबज्दै ४१ वटा ढोका खोलेको भनियो । तर त्यहाँ भित्र ढोका खोलियो मात्र भनिन्छ तर जम्मा खोलिएको हुन्छ, १ फिट, २ फिट, ५ फिट या बढीमा १५ फिट त्यो भन्दा बढी खोलिँदैन । शनिवार दिउँसोको अनुगमनको क्रममा पनि त्यही देखियो । खोलिएका ३६ वटा ढोका मध्ये कुनैपनि ढोका पुर्ण २२ फिट नै खोलिएका थिएनन् । बढीमा १५ फिट सम्म मात्र खोलिएको थियो । भित्र हुने काम एउटा अनी बाहिर भनिने र देखिने कुरा अर्कैले गदा यस अघि सप्तकोशीको बाँध फुटेको आरोप लाग्दै आएको छ ।
सप्तकोशी ब्यारेजका ढोकाहरु पुर्ण रुपका नखोल्दा कोशी ब्यारेजको उत्तरी क्षेत्रमा पानी संचय भएर बस्ने र सुनसरी, सप्तरी र उदयपुर जिल्लालाई क्षती गर्दै आएको छ । जब जब पानी पर्दै जान्छ अनी नदी किनारका बस्तीका बासिन्दा सुत्न सक्दैनन् । बराहक्षेत्र देखि कोशी ब्यारेजसम्म सप्तकोशी आसपासमा बसोबास गर्ने नागरिक सँधै नै त्रासमा हुने गरेका छन् ।
सोही क्षेत्रका नागरिक तथा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुसियेतले यो समस्या बर्षौदेखिको रहेको बताए । प्रत्यक बर्षको बर्षाको समयमा यसैगरी कोशी किनारमा आउनु र हेर्नुको बिकल्प नहुने उनको भनाई छ । मन्त्री कुसियेतले भने, ‘२०६५ भदौ २ गते सप्तकोशीको बाँध फुटेर गाउँ पसेको दृश्य आफ्नै अगाडी छ, अहिले पनि कोशी फुट्छ भन्ने हल्ला सुनिएपछि आएको हौ ।’

मन्त्री कुसियतले आफ्नो गाउँको पिडा सुनाउँदै गर्दा मन्त्री कार्की भने पानीको गती बढेको हुनाले पस्चीम साईडमा कटानको काम भएकोले कोशीको ढोका खोल्न भनिएको बताए । उदयपुरकोसम्मको क्षेत्रमा कोशीको ढोका नखोल्दा कटान हुने र क्षती हुने भएकोले त्यसलाई ब्यारेजबाट नै ब्यवस्थापन गर्नको लागि भनिएको कार्कीले जानकारी दिए । ठुलो नदी भएकोले बेला बेला क्षती गर्ने भएकोले यसलाई सही रुपमा बग्न दिनु पर्ने आफ्नो धारणा रहेको बताए ।
पानीको बहाव उच्च
निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।
सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको जनाएको छ । माटो सफा गर्न भन्दै ५६ ढोका खोलिएको जनाईएको छ ।

सप्तकोशीमा कति ढोका खोलिए भन्ने भन्दापनि ढोका कतिफिट्सम्म खोलिए भन्ने सवाल पनि महत्वपुर्ण बनेको छ । एउटा ढोका २२ फिटसम्म खोल्न मिल्छ तर १ फिट देखि १५ फिटसम्म खोलिएका छन् । यसरी खोलिएका ढोकामा पनि पस्चिम तर्फका ढोका खोलिएका छन् । पुलको सबैढोकाबाट ९ लाख क्यु सेक पानी जाने क्षमता छ, सन १९६८ मा ७ लाख क्यु सेक पानी गएको भारतीय पक्षका पुलका प्रमुख एसडिओ लाला दास बताउँछन् । ५६ वटा ढोकाल भएको पुलको निर्माण सन् १९६४ मा भएको हो।सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्