झापाको सतासीधामबाट आज किरात जनवादी वकर्स पार्टीका एकजना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सतासीधाम–३ माइधरा निवासी ५० वर्षीय चन्द्रइजम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको विशेष टोलीले घरैबाट बिहान पक्राउ गरेको बताइएको छ ।
गत कात्तिक १६ गते ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालय नजिकै र १९ गते इलाका प्रहरी कार्यालय मोरङ नजिकै रहेको पथरी बजारमा बम विस्फोटनमा उनी संलग्न रहेको प्रहरीको दाबी छ ।
प्रहरीले लिम्बूबाट किरात जनवादी वकर्स पार्टीको दस्तावेजसहित महत्वपूर्ण काजजातसमेत बरामद गरेको जनाएको छ ।
उनलाई पूर्र्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक राजकुमार वैद्यको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।