एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरे

<span class='c1'>एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते</span> <span class='c2'>बनाई आफूले आज झुन्डिएर आत्महत्या गरे</span>

खोटाङको दिप्लुङ गाविसमा एक पुरुषले आफ्नै श्रीमतीलाई हथौडाले हिर्काएर घाइते बनाई आफूले आज झुन्डिएर आत्महत्या गरेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दिप्लुङ–२ बस्ने ४८ वर्षीय अमरबहादुर राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई गम्भीर घाइते बनाएपछि आज बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

पतिपत्नीबीच वादविवाद हुँदा आइतबार बेलुकी उनले पत्नीलाई टाउकामा हथौडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्