सुनको मूल्यमा अत्यधिक वृद्धि , मूल्य बढ्नुको कारण यस्ता छन् ….

<span class='c1'>सुनको मूल्यमा अत्यधिक वृद्धि , मूल्य</span> <span class='c2'>बढ्नुको कारण यस्ता छन् ….</span>

काठमाडौँ साउन ३० ,

केहीँ सातायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा छ। बजारमा सुन खरिद गर्न आउने भन्दा बिक्री गर्न आउनेको भिड देखिन्छ। प्रतितोला सुनको भाउ ७१ हजार पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्षयताकै उच्च विन्दुमा पुगेको हो।

सुनको मूल्य बढ्नुको कारण यस्तो :

अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवाद साम्य नभएपछि त्यसको प्रत्यक्ष असर सुनकाे काराेवारमा परेको छ। चीनबाट निर्यात हुने बस्तुमा अमेरिकाले भन्सार दर बढाएसँगै दुई शक्ति राष्ट्रबीच बढेको चिसोपनका कारण लगानीकर्ता सुन किनबेचमा झुम्मिँदा मूल्य ह्वात्तै बढेको हो।

चीनबाट आयात हुने बस्तुमा भन्सार महुसुल बढाउने निर्णय अमेरिकाले गरेलगत्तै चीनले पनि अमेरिकी उत्पादनको आयातमा कडाइ गरेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्म सुन्दर शाक्यले सुनको मूल्यवृद्धि हुनुमा अमेरिका र चीनबीच बढेको व्यापार विवाद प्रमुख कारण रहेको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्