बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला पहिलो नम्बरमा, ९ दुर्घटनामा २३ को ज्यान गयो

<span class='c1'>बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला पहिलो नम्बरमा,</span> <span class='c2'>९ दुर्घटनामा २३ को ज्यान गयो</span>

सोलुखुम्बु  । देशभर सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमध्ये सबैभन्दा बढी दुर्घटना हुने विमानस्थलमा लुक्ला (तेन्जिङ हिलारी) अगाडि रहेको छ।

सन् १९६० देखि सन् २०१८ को बीचमा लुक्ला विमानस्थलमा ९ वटा विमान दुर्घटना भइसकेका छन्। उक्त विमानस्थलमा भएका दुर्घटनामा २३ हवाई यात्रुले ज्यान गुमाइसेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको एभिएसन सेफ्टी रिपोर्ट २०१९ मा लुक्ला सबैभन्दा बढी विमान दुर्घटना हुने विमानस्थलको पहिलो नम्बरमा छ। यो विमानस्थलाई विश्वकै खतरा विमानस्थलको रुपमा पनि लिइन्छ। सोलुखुम्बु जिल्लामा रहेको यो विमानस्थलको रन–वे ५ सय २७ मिटर मात्रै छ। यो विमानस्थलमा पछिल्लो समय सन् २०१९ को अप्रिलमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा मानवीय क्षति भने भएन। तर सोही दिन भएको समिट एयरको विमान दुर्घटनामा भने ३ जनाले ज्यान गुमाएका थिए।

यसैगरी सन् २०१७ कै मेमा भएको समिट एयरको विमान लुक्ला विमानस्थलका दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। सन् २००८ को अक्टोबरमा लुक्ला विमानस्थलमा भएको यती एयरको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। यसबाहेक लुक्ला विमानस्थलमा भएको हेलिकोप्टर तथा विमान दुर्घटना हवाई यात्रुको ज्यान गएको छैन।

यसैगरी, दोस्रो बढी दुर्घटना हुने विमानस्थलमामा हुम्लाको सिमिकोट रहेको छ। तर, बढी ज्यान गुमाउने यात्रुको संख्याको हिसाबले भने जोमसोम विमानस्थल अगाडि रहेको छ। जोमसोम विमानस्थलमा ३ वटा हेलिकोप्टर तथा विमान दुर्घटनामा १५ हवाई यात्रुले ज्यान गुमाइसकेका छन् भने सिमिकोटमा भएको ५ वटा विमान तथा हेलिकोप्टर दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन्।

यसैगरी बढी विमान दुर्घटना हुने विमानस्थलको तेस्रो नम्बरमा जुम्ला विमानस्थल रहेको छ।  यो विमानस्थलमा भएको ४ वटा विमान तथा हेलिकोप्टर दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन्। बढी ज्यान गुमाउने यात्रुको हिसाबले हेर्ने हो भने जुम्ला विमानस्थल ३ नम्बरमा पर्छ।

पाँचौं बढी दुर्घटना हुने विमानस्थलमा डोल्पा विमानस्थल रहेको छ। यो विमानस्थलमा सन् १९६० देखि २०१९ सम्ममा ३ वटा हेलिकोप्टर तथा विमान दुर्घटना भइसकेको छ। तर, डोल्पा विमानस्थलको हवाई दुर्घटनामा मानवीय क्षति नभएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्