भारतमा हत्या प्रयास भएपछि आचार्य बालकृष्ण १८ गते नेपाल आउँदै

<span class='c1'>भारतमा हत्या प्रयास भएपछि आचार्य</span> <span class='c2'>बालकृष्ण १८ गते नेपाल आउँदै</span>

काठमाडाैं । हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण यही सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते नेपाल आएका छन् । भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता हुन थालेपछि उनी नेपाल आउन लागेका हुन् ।

उनको साथमा केही सहयोगीसमेत नेपाल आउन लागेका हुन् ।‘नेपाल आएपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुनेछ’ –ट्रस्टी शालिकराम सिंहले भने ।

उनका अनुसार नेपालमा आयोजना गरिने केही कार्यक्रममा सहभागी हुने र योगपीठका प्रभारी, योग गुरुलाई आफ्नो धारणा सार्वजनिक गर्न नेपाल आउन लागेका हुन् । हिजो बुधबारबाट नियमितरूपमा कार्यालय हाजिर हुन थालेका आचार्यले ५ तारिखमा काठमाडौंमा हुने एक कार्यक्रममा अतिथिका रूपमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

मण्डिखाटारस्थित आश्रममा बस्ने तयारी गर्नुभएका आचार्यले बाराको एक मन्दिरको समेत उद्घाटन गर्ने कार्यक्रम तय भएका सिंहले बताए ।

‘विशेष गरी आचार्य बालकृष्णका बारेमा चिन्ता गर्ने सबै नेपालीलाई आफू स्वस्थ छु भनेर जानकारी गराउने उनको मुख्य उद्देश्य हो।’ –नेपाल आउने उद्देश्यबारे जानकारी गराउँदै सिंहले भने ।

विशेष गरी बाबा रामदेव र आचार्य बालकृष्णले नेपाललाई तपोभूमिका रूपमा परिचय दिन पछिल्लो समय विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका छन्। (नेपाल समाचारपत्रबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्