यस वर्ष तीजमा बिकेन सुन , सुनको मूल्य ह्वात्तै बढेपछी ७५ प्रतिशत कारोबार घट्यो

<span class='c1'>यस वर्ष तीजमा बिकेन सुन , सुनको</span> <span class='c2'>मूल्य ह्वात्तै बढेपछी ७५ प्रतिशत कारोबार घट्यो</span>

काठमाडौं । गत वर्षभन्दा यस वर्ष सुनको कारोबारमा निकै कमी आएको व्यवसायीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार गत वर्षभन्दा यो वर्ष तीज लक्षित सुनको व्यापारमा ७५ प्रतिशले कमी आएको छ ।

गत वर्ष तीजको समयमा दैनिक २५ देखि ३० किलोसम्म सुनको कारोबार हुने गरेको भए पनि यस वर्ष मुस्किलले १० किलोमात्र  कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले यस वर्ष तीज लक्षित सुनको कारोबार एकदमै न्यून रहेको बताए । “गत वर्षभन्दा यस वर्षको तीजमा सुनको कारोबार एकदमै कम । झन्डै ७५ प्रतिशत कारोबार घटेको छ । सुनको मूल्य ह्वात्तै बढेकाले कम कारोबार भएको हो,” उनले भने ।

अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य बढेको बताउँदै उनले मूल्य बढेपछि कारोबार घटेको प्रष्ट पारे । नेपालमा करिब २२ हजार व्यवसायीले सुनको कारोबार गर्दै आएका छन् । सुनको मूल्य बढेसँगै किन्नेभन्दा बेच्ने र साट्नेको संख्या धेरै भएको विश्वकर्माले जानकारी दिए । जेठ पहिलो साताबाट सुनको मूल्य उकालो लागेकोमा अहिलेसम्म पनि बढ्दो क्रममै छ ।

तीजको समयमा पनि व्यापार सुकेपछि सुन व्यवसायी चिन्तित छन् । अघिल्ला वर्षहरुमा सुन बजारमा निकै चहलपहल हुने भए पनि यस वर्ष शून्यप्रायः रहेको व्यवसायीहरुको भनाइ छ ।

आज सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको छ । आजका लागि छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको हो । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्