यी हुन् विश्वकै धेरै कमाउने अभिनेत्री, कति आम्दानी ?

<span class='c1'>यी हुन् विश्वकै धेरै कमाउने</span> <span class='c2'>अभिनेत्री, कति आम्दानी ?</span>

एजेन्सी– एकजना अभिनेत्रीको बार्षिक आम्दानी कति होला ? तपाईंलाई अनुमान लगाउन कठिन हुनसक्छ । अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सनले सन् २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी छन् ।

अमेरिकी व्यावसायीक पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् ।

पत्रिकाका अनुसार, उनले सन् २०१८ को तुलनामा यस वर्ष एक करोड ५५ लाख डलर धेरै कमाएकी छन् । सर्वाधिक कमाउने सूचीको दोस्रो स्थानमा भने सोफिया भेरा छिन् । समीक्षा अवधिमा उनले चार करोड ४१ लाख डलर कमाएकी छन् ।

सूचीको तेस्रो र चौथो स्थानमा भने क्रमशः रेसी विथप्न र निकोल किडम्यान छन् । पत्रिकाकाअनुसार विगत एक वर्षमा यी दुई नायिकाले क्रमशः तीन करोड ५० लाख डलर र तीन करोड ४० लाख डलर कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्