चट्याङसहित वर्षा हुने पूर्वानुमान, आइतबारसम्म बदली हुने

<span class='c1'>चट्याङसहित वर्षा हुने पूर्वानुमान,</span> <span class='c2'>आइतबारसम्म बदली हुने</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।  आज शुक्रबार दिउँसो देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई छ ।

आज राति देशभरी सामान्य बदली हुने र केही स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी भोलि शनिबार र पर्सि आइतबार पनि देशभरी सामान्य बदली र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाका साथै पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ८ः३० बजे जारी गरेको बुलेटिनमा कन्काई नदी जलाधारको कन्याम चियाबगान स्थित स्वचालित वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको जनाइएको छ ।

उक्त स्थान आसपास भई बहने ससाना नदीमा आकस्मिक वहाव हुन सक्ने र यात्रामा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । कन्काईमा जलसतह बढ्ने तर सतर्कता तह भन्दा तलै हुने जनाइएको छ ।

आगामी तीन दिन सम्म देशका प्रमुख र मझौला नदीमा वहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने समेत जनाइएको छ । आज इलाम, झापा, मोरङ्ग, धनकुटा, उदयपुर, सप्तरी, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, काठमाडौं, नवलपरासी, रुपन्देही, पाल्पा, सल्यान, रोल्पा, रुकुम, डडेलधुरा, डोटी, बैतडी भइ बहने ससाना नदीमा पनि बहाव बढ्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्