सुपर स्टार स्ट्राईकर नेयमारको निर्णायक गोलले पेरिस सेन्ट जर्मन बिजयी

<span class='c1'>सुपर स्टार स्ट्राईकर नेयमारको निर्णायक</span> <span class='c2'>गोलले पेरिस सेन्ट जर्मन बिजयी</span>

एजेन्सी ,  सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले उत्कृष्ट बाईसाइक्लिङ गोल गरेका थिए । पीएसजी छाड्ने चर्चा चलेका नेयमारले लिगका अघिल्ला खेलमा खेलेका थिएनन् । यद्यपी उनको पीएसजी छाड्ने चर्चा अझै सेलाएको छैन ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले पाँच खेलबाट १२ अंक बनाएको छ । स्टार्सबर्गले पाँच खेलबाट तीन अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रेनेसको १० अंक छ । शनिबार रातिनै भएको अर्को खेलमा रेनेस ब्रेस्टसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्