भाडावालसँग चर्को दरमा विद्युत महशुल उठाउने घरवेटी कार्वाहीमा पर्ने

<span class='c1'>भाडावालसँग चर्को दरमा विद्युत महशुल</span> <span class='c2'>उठाउने घरवेटी कार्वाहीमा पर्ने</span>

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भाडावालसँग चर्को दरमा विद्युत महशुल नउठाउन घरबेटीहरुलाई सचेत गराएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढी महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराए । उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी मिटर बिलमा उठेभन्दा बढि महसुल घरबेटीलाई नबुझाउन भाडावालहरुलाई पनि आग्रह गर्नुभयो । प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ ।
चालू आर्थिक वर्षभित्र एक हजार मेघावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
प्राधिकरणले चालू आर्थिक वर्षभित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रिड पु¥याउने योजना तय गरेको छ । कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्षभित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्