निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने सरकारको तयारी

<span class='c1'>निजामती सेवाका कर्मचारीको संख्या</span> <span class='c2'>कटौती गर्ने सरकारको तयारी</span>

काठमाण्डाै । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताउनु भएको हो । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लगानीअनुसार फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गर्नुभयो । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्