श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने

श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने

काठमाडौँ, असोज ७ गते । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पाँच सय रुपियाँमै हवाई सेवा प्रदान गर्ने भएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागेको जनाएको छ । कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ नागरिकलाई पाँँच सय रुपियाँ मात्र लिएर बाँकी हवाई भाडा तथा इन्धन शुल्क छुट हुने छ ।
श्री एयरलाइन्सले ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा इन्धन शुल्क र करबाहेक ५० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार यो सुविधा लिन यात्रा गर्ने व्यक्तिले उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र उपलब्ध गराउनुपर्ने छ । यस्तो सहुलियत टिकट कम्पनीको बिक्री काउन्टर वा एप्स र अनलाइनमा उपलब्ध हुने छ । यस्तो सुविधा एउटा उडानमा दुई जनालाई मात्र उपलब्ध गराइने र टिकट रद्द गर्न नपाइने कम्पनीको नियम छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो योजना सार्वजनिक गर्दै ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गर्नुभएको थियो । उक्त घोषणालाई वायुसेवा सञ्चालकहरूले भने लागू गर्न नसकिने जनाएका थिए । यद्यपि श्री एयरलाइन्सले भने मन्त्रीको कार्ययोजना अनुसारकै सहुलियत सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्