दशैँ सुरु हुने बेलासम्म पनि मनसुन नसकिने संकेत

<span class='c1'>दशैँ सुरु हुने बेलासम्म</span> <span class='c2'>पनि मनसुन नसकिने संकेत</span>

काठमाण्डौ । मनसुन अझै केही दिन सक्रिय हुने देखिएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने हावा र नेपालमै बनेको बादलले अझै केही दिन विभिन्न ठाउँमा पानी पार्ने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । यसकै असरले एक ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने तथा कतै ठूलो पानी पनि पर्न सक्ने तर लगातार झरीको संभावना भने नरहेको उहाँले बताउनुभयो । सामान्यतया सेप्टेम्बर २३ तारिखमा मनसुन सकिनुपर्ने भए पनि यस वर्ष अझै लम्बिने देखिएको हो । यसले गर्दा दशैँ सुरु हुने बेलासम्म पानी पर्ने क्रम नरोकिने भएको छ ।

आउँदो आइतबार दशैँको घटस्थापना हो । अझै केही दिन पानी पर्ने देखिएकाले दशैँको सुरुमा मौसम पूर्ण रुपमा सफा नहुने मौसमविद्को अनुमान छ । मनसुन सकिन लागेकाले अब केही दिन पानी पर्ने मौसमविद् नगरकोटीको भनाइ छ । सामान्यतया जुन १० तारिखमा पूर्वबाट प्रवेश गरेको मनसुन मध्य हुँदै पश्चिमसम्मै फैलिएर सेप्टेम्बर २३ मा पश्चिमबाट मध्य हुँदै पूर्वबाट बाहिरिन्छ । तर अहिलेको अवस्था हेर्दा तत्काल पश्चिमबाट नै मनसुन बाहिरिने सम्भावना नदेखिएको मौसमविदको भनाइ छ ।

आज र भोलि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा पानी पर्ने मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । यस्तै, बिहीबार देशका धेरै ठाउँमा तथा पर्सि पश्चिममा पनि पानी पर्ने देखिएको उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा राती ठूलो पानी पारेको प्रणाली भने अहिले कमजोर हुँदै गएको छ । बंगालको खाडीबाट आएको पानी पार्ने वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित नवलपरासी, चितवनलगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर राति पानी परेको प्रणाली अहिले कमजोर हुँदै गएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अब विस्तारै कम पानी पर्दै मौसम खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

मंगलबार राति उपत्यका र आसपास ठूलो पानी परेपछि विष्णुमती, बागमती, मनोहरालगायतका नदीमा बाढी आएको छ । केही नदीमा बाढी सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी किनारको बाटोमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्