कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ लुटियो, अहिलेसम्म १० जना पक्राउ

<span class='c1'>कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ</span> <span class='c2'>लुटियो, अहिलेसम्म १० जना पक्राउ</span>

काठमाडौं । कृषि विकास बैंकबाट डेढ करोड रुपैयाँ लुटिएको छ । सिरहाको लहान शाखाबाट काठमाडौं ट्रान्सफर गरेर रकम निकालेको पाइएको छ ।

एकजना उच्च प्रहरीले दिएको जानकारी अनुसार ह्याकरले कृषि विकास बैंकमा खाता हुने व्यक्तिको खोजी गरेका थिए । खाता हुने व्यक्तिलाई १० प्रतिशत कमिशन दिने भन्दै लोभ्याइएको थियो । त्यो खातामा ह्याकरले सिस्टम ह्याक गरेर रकम ट्रान्सफर गरिदिए । खातावालाले त्यो रकम काठमाडौंबाट निकाले । १० प्रतिशत कमिशन कटाएर उनीहरुलाई बाँकी रकम फिर्ता गरिदिए ।

प्रहरीले भारतीयले नेपाली युवालाई प्रयोग गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिलेसम्म १० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३१ लाख रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्