गाई काटेको आरोपमा तीन जना पक्राउ

<span class='c1'>गाई काटेको आरोपमा</span> <span class='c2'>तीन जना पक्राउ</span>

बाँके । गाई काटेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा-७ बढुवाको खेतमा बुधबार राति गाई काटेकाे आराेपमा तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् । एक जना भने फरार रहेका छन् ।

राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । 'प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो', इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले  जानकारी दिनुभयो । तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो ।

तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उहाँले जानकारी दिनुभयो । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताउनुभयो । उहाँले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारबाही हुने बताउनुभयो ।

त्यस परिच्छेदमा गाई/गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई/गोरु मारेमा वा कुनै नियतले चोट पुर्‍याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैदको व्यवस्था छ ।

गाई/गोरुलाई चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिबाना र हत्या गरेमा कैद सजाय र जरिबाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्