संसद पाल्न मुश्किल : सांसदको तलबभन्दा भत्ता धेरै

<span class='c1'>संसद पाल्न मुश्किल :</span> <span class='c2'>सांसदको तलबभन्दा भत्ता धेरै</span>

संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरुको खातामा ३५ करोड ४६ लाख १७ हजार ८२३ रुपैयाँ पुगेको छ, जुन सांसदको एक वर्षमा पाएको तलबभन्दा धेरै हो ।

यो हिसाबअनुसार औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि  ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्