अफगानिस्तानमा राष्ट्रपति लागि भएको निर्वाचन :मतदान केन्द्रमा बम र मोर्टार आक्रमण

अफगानिस्तानमा राष्ट्रपति लागि भएको निर्वाचन :मतदान केन्द्रमा बम र मोर्टार आक्रमण

काबुल । अफगानिस्तानमा शनिबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा बम र मोर्टार आक्रमण समेत भएको छ । कान्धाहार क्षेत्रमा त्यस्तो आक्रमण भएको थियो । कम्तिमा चार जनानको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।

चुनावको क्रममा तालिवानले मतदान केन्द्रमा निशाना बनाएका थिए । यसकारण सरकारले सुरक्षाको कडा प्रबन्ध गरेको थियो । ७० हजार भन्दा बढी सुरक्षाकर्मी चुनावको लागि खटाइएको थियो । एक महिला मतदाताले मतदान गर्नु भनेको अफगानिस्तानमा बहादुरी प्रदर्शन गर्नु जस्तै भएको बताइन् ।

५ वर्ष अघि भएको चुनावमा भन्दा यसपालि मतदानको प्रतिशत भने कम देखिएको छ । हिजोको मतदानमा करिब ३५ प्रतिशत मात्रै मत खसेको छ । शनिबारको मतदानपछि राष्ट्रपति असरफ घानीले तालिवान समूहलाई जनताले मन पराउने वा नपराउने अधिकारको सम्मान गर्न र युद्धको अन्त्य गर्न आग्रह गरेका छन् ।

उनले तालिवान समूहलाई उनीहरुका लागि शान्तिको ढोका सधै खुला रहेको समेत जनाए । चुनावमा १६ उम्मेदवार रहेपनि प्रतिस्पर्धा भने अहिलेका राष्ट्रपति अशरफ घानी र चिफ एक्जीक्युटिव अब्दुल्लाह अब्दुल्लाहको बीचमा नै हुने अवस्था रहेको छ ।

अफगानिस्तानको चुनाव आयोगले आगामी तीन सातामा मतपरिणाम घोषणा गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तानमा ९६ लाख मतदाता दर्ता रहेका छन् । ती मध्ये ३५ प्रतिशत मात्रै मतदानमा सहभागी भएका छन् ।
(बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्