विराटनगर, असोज१२ ।
शनिबार विराटनगरको बिरेन्द्र सभागृहमा छुट्टै चहलपहल थियो । ७६ वर्षीय जनगायक जेबी टुहुरेको एकल सांगीतिक साँझको कार्यक्रममा मुख्य मन्त्रि शेरधन राइ देखि मन्त्री तथा बिभिन्न दलका नेता तथा श्रोता दर्शकको उपस्तिथी रहेको थियो । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा भएको उक्त कार्यक्रममा उनले आफ्ना बिभिन्न गित गाएका थिए ।
कार्यक्रममा टुहुरेले १५ वटा चेतना र सन्देशमुलक गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले गित गाइरहदा दर्शकले ताली संगै धेरै दर्शक उनको गीतमा नाचेका थिए ।
देशका सातवटै प्रदेशमा एकल साँझ गर्ने कार्यक्रम रहेको फाउडेसनकी अध्यक्ष निर्भिका खड्गीले जानकारी दिईन ।