यस्तो छ तीन दिनको माैसम पूर्वानुमान
असोज १२ गते आइतबार
दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जनसहित चट्याङपर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |
राति : देशभरी सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |
असोज १३ गते सोमबार
दिउँसो : देशको पूर्व र मध्य भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।
राति : देशको पूर्व र मध्य भेगमा सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली हुनेछ । पूर्व र मध्यकासाथै पश्चिमका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
असोज १४ गते मंगलबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।