धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइले जितेका छन् । धरानको विश्वकर्मा मन्दिर नजिक बाट बिहान सुरु २१ किलोमीटरको प्रतियोगितामा राइले १२३ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पुरा गरे ।
त्रिभुवन आर्मीका राजन खत्री १२४ मिनेट ५६ सेकेन्ड, आर्मिकै ज्ञानप्रसाद भट्टराई १२५ मिनेट ४८ सेकेन्ड क्रमश दोस्रो र तेस्रो भए ।
सुनसरी मोरङ एथलेटिक्स संघ्को आयोजना मा भएको प्रतियोगितामा बिजेताले क्रमश ३०, २५ र २० हजार जितेका छन् ।
८५ खेलाडी सहभागी प्रतियोगिताका बिजेतालाई भेडेटारमा आयोजित कार्यक्रममा खेल्कूद मन्त्री पुरुषोत्तम पौडेलले नगद राशिसहितको पुरस्कार हस्तान्तरण गनुभएको छ ।