आज दसैंको सातौं दिन अर्थात् फूलपाती

<span class='c1'>आज दसैंको सातौं</span> <span class='c2'>दिन अर्थात् फूलपाती</span>

काठमाडौं- आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ।

घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ। हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।

परापूर्वकालमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेको किंवदन्ती छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्