विद्यालयका विद्यार्थीहरुले विद्यालयमै अग्र्यानिक तरकारी खेती सुरु

<span class='c1'>विद्यालयका विद्यार्थीहरुले विद्यालयमै अग्र्यानिक</span> <span class='c2'>तरकारी खेती सुरु</span>

पछिल्लो समय व्यवसायिक रुपमा कृषि पेसामा लागेर मनग्य आम्दानी गर्नेहरु धेरै छन् । तर विद्यालय पढ्न गएका बालबालिकाहरुले विद्यालयमै तरकारी खेती गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर मोरङको कदमाहा गाविसको एक विद्यालयका विद्यार्थीहरुले विद्यालयमै अग्र्यानिक तरकारी खेती सुरु गरेका छन् ।

सामान्यतया बालबालिकाहरु विद्यालयमा पढ्न जान्छन् भन्ने सबैको बुझाई छ । पढ्नका अलावा बालबालिका खेलकुद लगायतका प्रतियोगितामा सहभागि हुने गर्छन् । तर मोरङको कदमाहास्थित जीवन विकास माध्यमिक विद्यालयका विद्यार्थी भने बिद्यालय स्तरदेखि नै जलवायु परिवर्तन न्यूनिकरणमा लागेका छन् । विषादीयुक्त खाद्यपदार्थबाट मानिसमा पर्ने असर बारे उनीहरु सचेत छन् । त्यही भएर उनीहरुले विद्यालयमै अर्गानिक तरकारी खेति सुरु गरेको विद्यार्थी अरविनकुमारमण्डल बताउनुहुन्छ ।

विद्यार्थीले समुहगत रुपमा सुक्रबार हाफ छुट्टीपछि खेतमा काम गर्छन ।
उनीहरुले विद्यालयको जग्गामा प्राङगारिक मलको प्रयोग गरी सागसब्जी र फलफुल लगाएका छन् । यसले विद्यार्थीलाई उद्यमी बन्न सिकाउने जिवन विकास समाजका सल्लाहाकार ओम शर्मा चापागाईंको भनाई छ ।

झट्ट हेर्दा यो विद्यालय कुनै पार्क भन्दा कम देखिदैन ।
जलवायु परिवर्तनका कारण अहिले विश्वमा विभिन्न समस्या देखिएका छन् । विद्यायलले सुरु गरेको यो प्रोजेक्टबाट स्कुलका विद्यार्थीले व्यवहारिक ज्ञान सिक्ने गरेको विद्यालयका प्रधानाध्यापक अजयकुमार मण्डल बताउनुहुन्छ ।

स्कुलमा बिभिन्न तरकारी फलफुल रोप्दा उनीहरुलाई कृषि बिज्ञहरु ल्याएर प्रशिक्षण दिने गरेको उहाँ बताउनुहुन्छ । विद्यालय पढ्न गएका आफ्ना छोराछोरीहरुले पढाईका साथै अर्गानिक तरकारी खेति गर्दा आफुहरु खुसि भएको अभिभावकहरु बताउँछन् ।

लामो समयदेखि कृषि पेशामा भएपनि घरमै बनाएको मल मात्र प्रयोग गरी तरकारी उत्पादन गर्न भने छोराछोरीहरुले नै सिकाएको अभिभावक शम्भुकामत बताउनुहुन्छ । स्कुलमा सिकेरै आफ्ना छोराछोरीले घर आगनमा फुलबारी, तरकारी खेति गर्न सघाउने गरेको उनीहरु बताउँछन् । त्यो देखेरै गाउँका अन्य मानिसहरुले पनि सिको गरेको देख्दा अभिभावकहरु समेत मख्ख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्