मुम्बई – आमिर खानको पछिल्लो फिल्म 'पिके'ले रिलिज भएको नवौं दिनमै दुई सय करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। क्रिसमसको एक साताअघि सिरिज भएको यो फिल्मले पहिलो दिन शनिबारसम्ममा २ सय १४ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ। भारतबाहिरको कमाइसमेत जोड्ने हो भने यो रकम पौने तीन करोडभन्दा बढी हुन्छ। यो कमाइसँगै ‘पिके’ बलिउडको सर्वाधिक आम्दानी गर्ने पाँचौं फिल्म भएको छ। सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीमा आमिरकै 'धुम थ्री' पहिलो नम्बरमा छ। त्यसैगरी 'क्रिस थ्री' दोस्रो, 'किक' तेस्रो र 'चेन्नइ एक्सप्रेस' चौथो स्थानमा छ।
Source: Nagarik