बंगलादेशका क्रिकेटर हसनमाथि प्रतिवन्ध, २ बर्ष कुनै खेल खेल्न नपाउने

<span class='c1'>बंगलादेशका क्रिकेटर हसनमाथि प्रतिवन्ध, २</span> <span class='c2'>बर्ष कुनै खेल खेल्न नपाउने</span>

काठमाडौं, कात्तिक १३ गते । बङलादेश क्रिकेट टिमका अलराउन्डर शकीब अल हसनमाथि भ्रष्टाचार मुद्दामा लागेका तीनवटा अराेप सकारे पछि उहाँलार्इ दुर्इ वर्षसम्म कुुनै पनि खेलमा सहभागी हुन नपाउने गरी प्रतिवन्ध लगाएकाे छ  । उहाँलाइ  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भ्रष्टाचार सम्बन्धी अाचार संहिता पालना नगरेकाे अाराेपमा साे प्रतिवन्ध लगाएकाे हाे ।

शकीब उहाँ बङलादेश टी ट्वान्टी र टेष्ट टिमका कप्तान समेत हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको अलराउन्डर खेलाडीको प्रदर्शनमा विश्व वरियतामा टेष्ट क्रिकेटमा तेस्रो, अन्तर्राष्ट्रिय एकदिवसियमा पहिलो र टी ट्वान्टीमा दोस्रो स्थानमा हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको भ्रष्टाचार विरोधी इकाईले कप्तान शकीबमाथि अनुसन्धान गरिरहेको थियाे ।  म्याच फिक्सबारे बिचौलियाले प्रभावमा ल्याउन गरेको प्रयासबारे शकीबले आईसीसीलाई जानकारी नगराएको दाबी गरिएको थियाे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्