ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु

<span class='c1'>ट्याक्टर दुर्घटनामा थप</span> <span class='c2'>एक जनाको मृत्यु</span>

ओखलढुङ्गामा हिजो भएको ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सिद्धिचरण नगरपालिका १ का दीपक विशंखेको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रूमा निधन भएपछि मृतकको संख्या पाँच पुगेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । हिजो सिद्धिचरणमा पर्ने वर्णालुको वनपाले भीरमा स १ त ३०४६ नम्बरको ट्याक्टर पल्टिँदा घटनास्थलमै तीन र एक जनाको जिल्ला अस्पताल रुम्जाटारमा मृत्यु भएको थियो । सानीटारबाट रुम्जाटार पराल लिन गइरहेको ट्याक्टर सडकबाट करिब छ सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्