बिराटनगर कार्तिक २८ ,
बिराटनगरमा तपाइँले अब १ सय रुपैया मै बिरयानी खान पाउने हुनुभएको छ । बिराटनगरको ट्राफिक चोकमा रहेको रोयल बिरयानी हाउसमा सस्तोमा चिकेन बिरयानी खान पाइने भएको हो । बिराटनगरमा बिरयानी खानाको क्रेज बढ्दै गएको अवस्थामा उक्त बिरयानी हाउसमा ग्राहकको भिड बढेको छ ।
बिराटनगरका युवा व्यवसायी पप्पु अन्सारीको लगानीमा उक्त बिरयानी हाउस संचालनमा आएको हो । उक्त बिरयानी हाउसमा चिकेन बिरयानी , मटन बिरयानी , भेज बिरयानी लगायतका बिभिन्न प्रकारका बिरयानी साथै पराठा लगायतको परिकारको स्वाद लिन सकिने संचालक अन्सारीले जानकारी दिए ।
विशेष गरेर मुस्लिम समुदायमा खाइने बिरयानी अहिले सबै समुदायमा लोकप्रिय बन्दै आएको छ ।