अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति सी चिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित

चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहि. . .


बेलायतका प्रधानमन्त्री ट्रसद्वारा राजीनामा घोषणा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गर्नुभएको छ । कर कटौतीको उहाँको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजिनामा घोषणा गर्नुपरेको हो । डाउनिङ स्ट्रिटमा. . .


मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् । कुल दुई करो. . .


डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनक�. . .


बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.५. . .


रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,” पुटिनले टेलिभिजन. . .


सोमालियामा बालबालिकामा कूपोषणको समस्या झन् बढ्ने

संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ । सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदे. . .


युगान्डामा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

युगान्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २४ पुगेको जनाएको छ । मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटनाहरू दर्ता गरेपछि पुष्टि भएका घटनाहरूको सङ्ख्या पनि बढेर ६० पुगेको बताएको छ । सेप्ट�. . .


दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टा अघिको तुलनामा सोमबार मध्यरातसम्म ३३ हजार दुई सय ४८ कोभिड–१९ नयाँ सङक्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५१ लाख ६४ हजार छ सय ९५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी ९केडिसिए० का अनुस�. . .


रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ । किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछ. . .


इरानको इभिन जेलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको सङ्ख्या आठ पुगेको जनाइएको छ । कारागार आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो । ‘इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आग�. . .


मेक्सिकोमा बारमा बन्दुक आक्रमण बाह्रको मृत्यु

मध्य मेक्सिकोको एक बारमा शनिबार भएको गोलीकाण्डमा परी १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बढ्दो हिंसाले यस क्षेत्रलाई देशको सबैभन्दा खतरनाक मध्ये एक बनाएको छ । औद्योगिक गुआनाजुआटो राज्य दुई प्रतिद्वन्द्वी समूहहरू – सान्ता रोजा डे लिमा र जलिस्को न्यू जेनेरेसन कार्टेलहरू – लागूऔष. . .