अन्तराष्ट्रिय खबर

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु

तेइस जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ । यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा दुई पुरुषको शव फेला परेको छ भने "दुई नाबालिग, सात महिला र अन्य १२ जना पुरुषको उद्धार गरि. . .


भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उहाँको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ । "प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्र म मोदीका दुई ट्विटर अकाउन्टहरू छन् - @narendramodi र @PMO. . .


पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्यूरोले बिहान ४:४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ । हालसम्म ती�. . .


अमेरिकी राज्य केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु

अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ केन्टकीका गभर्नरले शनिबार पुष्टि गर्नुभएको छ । स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उहाँले सञ्चारकर्मीहरूलाई बताउनुभयो । गभर्नर एण्डी बेशरले भन्नुभयो, “के�. . .


भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ: प्रधानमन्त्री मोदी

भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउँनु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको . . .


भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भा�. . .


मेक्सिकोमा सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु

मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ ज�. . .


इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो �. . .


लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

ब्राजिलका फुटबल लेजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए। साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा विरामीको अवस्था स्थिर रहे�. . .


इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३९ को मृत्यु

एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्�. . .


जापानमा भूकम्प ६ म्याग्निच्युडको भूकम्प गयो

एजेन्सी । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६ म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो । यसको केन्द्रविन्दु २९।४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९।४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्. . .


भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

एजेन्सी । भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ । भ�. . .