अन्तराष्ट्रिय

अफगानिस्तानमा खाद्य सङ्कट

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गतवर्ष अगस्टमा तालिबानले अफगानि. . .


चीनको हुनान प्रान्तमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो भवनमा रहेका १० जना नागरिकलाई भने जिवीतै उद्धार गरिएको छ । त्यस�. . .


भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नुभएको छ । युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नुभएको हो । कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गर्नुभएको प. . .


युक्रेनमा बस दुर्घटना हुँदा १६ को मृत्यु

युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० म. . .


सांघाइमा घटे कोरोना सङ्क्रमित

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ अहिले पनि पाँच हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने. . .


युक्रेनको द्वन्द्वले अफ्रिकामा आर्थिक तथा खाद्यान्न संकट

युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ–युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ । उहा. . .


अमेरिकामा कोभिड-१९ का नयाँ दुई भेरियन्ट भेटिए

वासिङटन । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ । बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । �. . .


सुडानमा भएको जातीय दंगामा कम्तीमा १५ को मृत्यु

सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् । तर सरकारले भने यो समाचारको पुष्टि ग. . .


फ्रान्सका राष्ट्रपति माक्रोन फेरि निर्वाचित

फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्‍याउनुभएको हो । उहाँले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो च�. . .


भारतमा दुई हजार पाँच समयभन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ । अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्. . .


चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु

चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।  पछिल्लो पटक कोभिडबाट मृ. . .


भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिनभन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गर. . .