अन्तराष्ट्रिय

बलुचिस्तानमा तीन मजदुरको गोली हानी हत्या

बलुचिस्तान प्रान्तको हर्नाई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीहरूले गोली चलाउँदा तीन कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्। प्रहरी स्रोतलाई उद्धृत गर्दै डनले जनाए अनुसार शुक्रबार करिब १०० जना कामदारसहितको श्रम शिविरमा बन्दुकधारीले गोली चलाएको थियो। जियो न्युजक�. . .


इक्वेडरका तीन प्रदेशमा संकटकाल घोषणा

इक्वेडरका तीन प्रदेशमा शुक्रबार सङ्कटकाल घोषणा गरिएको छ । राष्ट्रपति गुयलेरमो लासोले एन्डीज क्षेत्रमा पर्ने तीन प्रदेशमा कम्तीमा ३० दिनका लागि भन्दै सङ्कटकालको घोषणा गर्नु भएको हो । उहाँका अनुसार पिचिन्चा, इम्बाबुरा र कोटोपाक्सीलाई थप हिंसा हुन नदिनका लागि सङ्कटकाल घोषणा गर्नु परेको हो । पछिल्. . .


चीनको गुआङ्सीमा भीषण वर्षाका कारण दुईजनाको मृत्यु, दुई बेपत्ता

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको एक भागमा भारी वर्षाका कारण दुई जनाको मृत्यु हुननाको साथै अन्य दुई बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । स्थानीय मौसम विभागले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म लिउझाउ शहरअन्तर्गत रहेको रोङ्शुई मियाओ स्वायत्त काउन्टी र रोङ्गन क�. . .


मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई आज बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । “आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,”उनले आ�. . .


दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरुको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि र. . .


अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा एकको मृत्यु, ६ घाइते

उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ । देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर�. . .


इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँ. . .


भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५०० नाघ्यो

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुईदिनलगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रा�. . .


पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’: राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था "अत्यन्तै डरलाग्दो" रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ। "युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था - विशेष गरी पूर्वी डोनबासमा - अत्यन्तै डरलाग्दो छ । यो अवस्था तीव्ररूपमा �. . .


मलेसियामा २४ घण्टामा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु

मलेसियामा गएको २४ घण्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार यहाँ गएको २४ घण्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँ�. . .


श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्नुहुने भएको छ । विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर यो रोडम्याप बनाइने बताउनु भएको हो । . . .


पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन् । देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गर्नुभएको हो । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा प�. . .