अन्तराष्ट्रिय

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्यामा घट्दो

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ। शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको . . .


भारतमा दैनिक १० हजार बढी संक्रमित बढ्दै

पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ८४४ कोरोना संक्रमित थपिएका हुन् । यो सँगै अब भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ । भारतमा कोरोनाका कारण हालसम्म ७ हजारभन्दा धेरैको मृत्यु भइसकेको तथ्यांक छ ।. . .


अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ । कोरोनाको महामारीमा रहेको अमेरिकामा जातीय प्रदर्शन भइरहेको छ । यसले संक्रमण थप फैलिने खतरा रहेको बीबीसीले जनाएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख पुगिसकेको छ ।. . .


भारतमा पछिल्लो २४ घण्टामा १० हजार बढी संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमण फैलिए यताकै २४ घण्टामा सबैभन्दा धेरै १० हजार ४३८ जना कोरोना संक्रमित थपिएका हुन् । सोही अवधीमा भारतमा कोरोनाले २९७ मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ६ हजार ९४६ जनाको ज्यान गइसकेको छ । . . .


भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाले २७५ जनाको मृत्यु भएको छ । भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ ।. . .


अमेरिकामा आन्दोलन जारी : महात्मा गान्धीको प्रतिमामा समेत तोडफोड

वाशिङ्टन । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमामा तोडफोड भएको हो । प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर का. . .


पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा २० हजार ३२२, ब्राजिलमा सबैभन्दा धेरै २७ हजार ३१३ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । रुसमा ८ हजार ५३६, भारतमा ९ हजार ६३३ संक्रमित २४ घण्टामा थपिएका छन् । महामारीका रुपमा फैलिएको कोरानाको संक्रमण हालसम्�. . .


भारतमा लकडाउनमा खुकुलो, संक्रमित संख्या भने बढ्दै

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । यसमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ । भारतमा पछिल्लो २४ घण्ट�. . .


विश्वभर कोरोना भाइरसबाट ६० लाख बढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्य. . .


भारतमा लकडाउन एक महिनाका लागि थप,सङ्क्रमणमुक्त क्षेत्रमा गतिविधि सुरु हुने

भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठो. . .


अमेरिकामा देशव्यापी प्रदर्शन, मिनियापोलिस र सैन्ट पौलमा कर्फ्यु

काठमाडौँ, जेठ १७ गते । प्रहरी नियन्त्रणमा एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकामा देशव्यापी विरोध प्रदर्शनसँगै प्रहरीसँग झडप हुँदै अवस्था तनावपूर्ण बनेको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा शुक्रबार दिनभरि विरोध प्रदर्शन भएको हो । ह्वाइट हाउस . . .


कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक

भारतमा कोरोना संक्रमित थपिने क्रम तिव्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८ हजार १०५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २६९ संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ५ हजार नजिक पुगेको छ । संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ । यसमध्ये साढे ८२ हजार निको भ. . .