सिओल
दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्नुहुने भएको छ ।
दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले अमेरिकाको चार दिने भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणको क्रममा नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग परामर्श गर्नुहुने जनाइएको छ । उहाँ अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटनको यात्रामा निस्कन लाग्नुभएको हो ।
विषेश प्रतिनिधि नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग घनिष्ठ परामर्श जारी राख्ने अपेक्षा गरिएको छ ।
– सिन्ह्वा