अन्तराष्ट्रिय खबर

बोको हरामका ६३ लडाकू चाडको सरकारी सेनाद्वारा मारिए

एजेन्सी, ३ बैशाख । आतङ्कवादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।  स्थानीय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् । घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा . . .


बाँदरको मस्तिष्कमा मानिसको जिन हालेपछि बढ्यो बादरको बुद्धि

एजेन्सी, २ बैशाख ।  संसारमा बाँदरको  साम्राज्य  फैलिएला त ? यस्को उत्तर सहज पाउन मुस्किल हुनेछ । तर मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । चिनिँया सोधकर्ताहरुले बादरको मान्छेको जीन धारण गर्न सक्ने बनाए । जुन मानव विकासमा �. . .


केन्याको न्यू रंगिला बारमा प्रहरीकाे छापा, १२ नेपाली महिलालाई पक्राउ

एजेन्सी, २ वैशाख। केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्�. . .


तलब नपाएपछि जेट एयरवेजका पाइलटले सोमवारदेखि विमान नउडाउने

एजेन्सी, १ बैशाख । ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजका हजारभन्दा बढी पाइलटले सोमवारदेखि विमान नउडाउने भएका छन् । तीन महिनादेखि तलब नपाएका कारण उनीहरूले विमान नउडाउने नेसनल एभिएटर्स गिल्डका अध्यक्षले आइतवार बताए । जेटको एक अर्ब २० करोड डलरभन्दा बढीको बैंक ऋण छ र यो हप्तौंदेखि धरमर अवस्थामा छ । मार्च म�. . .


इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक

बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर वि�. . .


भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदै, ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने

जाेगवनी, २८ चैत  । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ ।  १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिक�. . .


धर्मगुरु दलाई लामालाई छातीमा समस्या देखिएपछि अस्पतालमा भर्ना

नयाँ दिल्ली, चैत २७ गते । भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ । उहाँलाई केही दिन�. . .


भारतमा भोलि मतदान : कसले जित्ला चुनाव ?

काठमाडौँ, चैत २७। भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको. . .


भारतको छत्तिसगढमा माओवादी आक्रमण, भाजपाका एक विधायकसहित पाँच जनाको मृत्यु

एजन्सी, २६ चैत । भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भए�. . .


यी हुन् विश्वका शीर्ष पाँच धनाढ्य महिला

बीबीसी । अघिल्लो हप्ता अमेजनका संस्थापक जेफ बेजोस र उनको पत्नी म्याकेन्जीबीच सम्बन्ध विच्छेद भयो । दुईले आपसी समझदारीमा सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदको लागि भएको सम्झौतामा म्याकेन्जीले विद्युतीय व्यवसायको लागि चर्चित वेबसाइट अमेजनको ४% शेयर पाइन् । अमेजनको ४% शेयरको मूल्य ३५.६ अर्ब अम�. . .


विराटनगर घर भएकी प्रेमिशा बनिन मिस नेपाल जापान २०१९

विराटनगर चैत २६ , विराटनगर घर भई हाल जापानमा अध्ययनरत प्रेमिशा तामाङ मिस नेपाल जापान २०१९ को उपाधी जित्न सफल भएकी छिन् । विराटनगर-१२ पान्चाली घर भएकी प्रेमिशाले जापानमा आयोजना भएको दोस्रो सिजनको उक्त प्रतियोगिता जितेकी हुन । मिस नेपाल जापान सोसाइटीले आयोजना गरेको उक्त प्रतियोगितामा फस्ट रनरअप ऋतु ग�. . .


हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु

एजेन्सी, २५ चैत । यमनमा भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् । राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनल�. . .