अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने

<span class='c1'>अर्जेन्टिनाले महामारीको कारण ‘कोपा</span> <span class='c2'>अमेरिका’ आयोजना नगर्ने</span>

अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतवार जानकारी गराएको छ ।

कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल सञ्चालन गर्न कठिनाई भएको जानकारी गराएको बुभिएको छ ।

“वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्जेन्टिनामा गरिने कोपा अमेरिकाको सञ्चालनलाई अन्यत्र लग्ने प्रयास भइरहेको छ,” दक्षिण अमेरिकी फुटबल महासंघले आफ्नो आधिकारिक ट्वीटर पेजमार्फत् सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आयोजक अर्जेन्टना पछिहटेपछि महाद्वीपीय प्रतियोगिताको आयोजना गर्न चासो देखाएको अन्य देशहरूबाट प्राप्त भएका प्रस्तावहरूको हामी विश्लेषण गरिरहेका छौं । यस सम्बन्धमा समाचार छिट्टै घोषणा गरिनेछ ।”

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या ३७ लाख पुगेको बताएको छ भने ७७ हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको जनाएको छ ।

यल घ. लाख भन्दा बढी कन्फरेन्स कोरोनाभास र अबकभक ठठ,००० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको छ। सरकारले मे २७ मा सार्वजनिक तथ्याङ्कमा यहाँ दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अर्जेन्टिनामा महामारी नियनत्रण गर्न सरकार विफल भएको भन्दै भएको १० दिनदेखि सरकार विरोधी व्यापक प्रदर्शन भइरहेका समय सरकारले खेल आयोजन ागर्न नसक्ने जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्