अन्तराष्ट्रिय

पुटिनले पनि चीन भ्रमण गर्ने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको छ। रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै भ्रमणको आधिकारिक मिति चाँडै घोषणा हुने जनाएको छ। पत्रकारहरु सँगको साक्षतकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताए।भ्रमणको�. . .


भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को आदेश जारी नभएसम्मका लागि निषेध गरिएको हो । यसअघि ‘प्. . .


चीन भ्रमणमा निस्किए ट्रम्प, व्यापार मुख्य एजेन्डा हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने उच्चस्तरीय चीन भ्रमणका लागि बिहीबार प्रस्थान गरेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने बहुप्रतीक्षित भेटवार्तामा दुई देशबीचको व्यापार, प्रविधि तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले व्या�. . .


शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमालगायत राष्ट्रसङ्घ अन्तर्गतका अन्य नियोगहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा आपसी सम्बन्ध र दुई पक्षीय . . .


इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गर्दै कडा सर्तसहित प्रतिक्रिया पठायो

काठमाडौं । इरानले अमेरिकाले प्रस्तुत गरेको तनाव घटाउने प्रस्ताव अस्वीकार गरेको छ । इरानी दूतावासले भारतमा जारी गरेको विज्ञप्ति अनुसार, उक्त प्रस्ताव स्वीकार गर्नु भनेको ट्रम्पका अत्यधिक मागहरूमा तेहरानले आत्मसमर्पण गर्नु सरह हुने बताइएको छ । इरानले आफ्नो प्रतिक्रिया पाकिस्तानमार्फत अमेरिकी प्�. . .


नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङटिङले आफ्नो सेवा श्रीलङ्कामा विस्तार गरेको छ । यसक्रममा कम्पनीले कोलम्बोस्थित इफेक्टिभ सोलुशन्ससँग सहकार्य गर्दै एआईमा आधारित व्यावसायिक सञ्चार प्रणाली प्रदान गर्ने सम्झौता गरेको हो । इफेक्टिभ सोलुशन्स श्रीलङ्कामा व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्या�. . .


तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन

काठमाडौं । भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम (टिभिके) र यसको नेतृत्व गरिरहेका विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा पूर्ण समर्थन घोषणा गरेको छ । तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकरद्वारा हस्ताक्षरित पत्रमा ज�. . .


हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी

काठमाडौं । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहीम अजिजीले हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी हस्तक्षेप भए त्यसलाई युद्धविराम उल्लंघनका रूपमा लिइने चेतावनी दिएका छन् । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रमुख अजिजीले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले डोन. . .


लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो अभिन्न भू–भाग भन्दै विरोध जनाएपछि भारतले नेपालको उक्त दाबीलाई आधारहीन भन्दै अस्वीकार गर�. . .


लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न सञ्चारमाध्यमबाट उठेका प्रश्न र चासोप्रति प्रतिक्रिया जनाउँदै मन्त्रालयले नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार स्पष्ट र अड�. . .


बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित

ढाका । इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित कार्यक्रममा बङ्गलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनको प्रमुख आतिथ्यतामा अवार्ड वितरण गरिएको थियो ।कार्यक्रममा बङ्गलादेशका लाग�. . .


बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न

ढाका । बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता. . .