अन्तराष्ट्रिय खबर

बालबालिकाको सुरक्षामा ध्यान दिन युनिसेफको आग्रह

संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफले बालबालिकाको सुरक्षामा ध्यान दिन अमेरिकी सरकार र यहाँका नेताहरुलाई आग्रह गरेको छ । सो कोषका कार्यकारी निर्देशक क्याथेरिन रसेलले अमेरिकामा बालबालिका विद्यालयमै असुरक्षित बन्दै गएको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको हो । उहाँले प्रश्न गर्न. . .


पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धे. . .


अफगान विस्फोटमा सोह्रको मृत्यु

अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका छन् । अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत म. . .


एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह

चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो । प्रवक्ता प्राइसले अमेरिकी नीतिलाई चीनले गलत ढङ्गले प्रस्तुत. . .


नयाँ औद्योगिक क्रान्तिमा सहयोग गर्न ब्रिक्सको आह्वान

उदीयमान अर्थतन्त्रका रुपमा विश्वमा परिचय बनाएका ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका प्रमुृख सदस्य रहेको समूह (ब्रिक्स) का उद्योग मन्त्रीहरूले दिगो विकासका लक्ष्य हासिल गर्न नयाँ औद्योगिक क्रान्ति अपरिहार्य भएको बताउँदै त्यस निम्ति पारस्परिक एवम् नवप्रवर्तनयुक्त सहयोगलाई अझ सुदृढ तुल्याउन आह्�. . .


अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार सपथ लिनुभएको छ । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो । उहाँसँगै केही मन्त्रीहरुलाई पनि सपथ खुवाइएको छ �. . .


सुडानमा चरम खाद्य सङ्कट

सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्याङ्कमा सुडानका करिब एक करोड ८० न. . .


उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् । यहाँ अप्रिलको अन्तिम तिरबाट ठूलो सङ्ख्याका नागरिकमा ज्वरो. . .


बिहारमा एक पत्रकारको गोली हानेर हत्या

विराटनगर । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए। भारतीय न्यूज च्यानल आजतकका अनुसार घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शव सुरक�. . .


फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुने : राष्ट्रपति

फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताउनुभएको छ । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकारको नेतृत्व निवर्तमान श्रममन्त्री एलिजाबेथ बोर्नले गर्नुहुनेछ । उहाँ ३० वर्षपछि फ्रान्सेली सरकारको नेतृत्व गर्ने पहिलो महिला हुनुहुनेछ।. . .


सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेश मन्त्रीहरूको बैठकको उद्घाटन सत्रमा भिडिय. . .


एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित

भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरो. . .